सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस बार्गेनिङ गरेको खुलासा, यस्तो छ ‘सेटिङ’



काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीक कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिकले फेला पारेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

मिश्रः यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ होइन त्यसमा चाही स्वीस ऐम्बेसीले बोलायो तपाइँहरुले बोलाएर आउने होइन मन्त्री बाँस्कोटा बीचमा बोल्दै अँ फेरि मिश्र सकेसम्म एमओयु गर्ने की भन्ने हिसाबले उ गर्न लागेको छ। मन्त्री बाँस्कोटाः अँ

मिश्रः उनले चाहीँ तपाइँहरुको कार्यक्रमको उसको बारेमा एम्बेस्डरले चाही छुट्टै छलफल गर्न चाहन्छ क्या उसले
(बीचमा बोल्दै मन्त्री बाँस्कोटा) ठिक छ ।
मिश्रः अँ त्यो भएको हुनाले तपाइँले त्यति टाइम मिलाइदिनु पर्यो।
बाँस्कोटाः मिलाउनुपर्छ।
यो उसको लागि हामी आउट अफ ट्याकमा जानेकी तपाइँले भने अनुसार नै जाने त भन्नुस्।
बाँस्कोटाः अब मिश्र कुरा काट्दै कुराचाही मैले राखेको छु,
मन्त्री बाँस्कोटा क्यापसिटीको कुरा, मिश्र बोल्दै अब कुराचाही मैैले राखेको छु
मन्त्री बाँस्कोटाः उनीहरुले नर्मलमा ५० भने
मिश्र: हँ त्यसमा नर्मलमा कुरा काट्दै
मन्त्री बाँस्कोटा: पहिला कति निकालेको थियो
मिश्र: यसमा टोटल उसको चाही प्रसेन्टेजमा आउँने हो होइन फेरि
मन्त्री: टोटल कति निस्कन्छ त अहिले त्यो हेरौं
मिश्र: केही न केही त भइरहेको छ होइन त्यही बेशमा जाने हो हामी त अब ‘..उनीहरुले त अरुले नी त्यही मूल्य त्यो भन्दा अलि बढी हाल्यो उनीहरुको मूल्यमा भन्दा अलि बढी हालेको भए पुग्थ्यो होइन त्यसमा त्यस्तो केही छैन बेस चाही तपाइँहरुकै उसमा जाने हो हामी हँ हँ त्यसो भा तपाइँले चाही
मन्त्री बाँस्कोटा: अब सकेसम्म २५, २७ अर्बमा यो टोटल सक्न पाए हुन्थ्यो भन्ने लागेको छ। मान्नुहोस २५ निस्कियो भने कति आउँला ? यो खबर आजको नागरिक दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्