एक महिना पहिल्यै अडियो प्रधानमन्त्री कार्यालयमा, प्रकरणबारे सञ्चारमन्त्रीले ३ बजे आफ्नो धारणा सार्वजनिक गर्ने



काठमाडौं । घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन् ।

अहिले कैलालीमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले यो विषयमा आफूले सार्वजनिक रुपममै भन्ने बताए ।उनले बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना हुने पत्रकारसम्मेलनमार्फत नै सार्वजनिक भएको कुराकानीको अडियोका बारेमा जवाफ दिने बताएका हुन् ।

यसैबीच संसदको सार्वजनिक लेखा समितिले समेत सेक्युरिटी प्रेस खरिदमा अनियमिता भएको विषयमा अनुसन्धान गरिरहेको छ । राप्रपाका अध्यक्ष कमल थापाले बाँस्कोटालाई बर्खास्त गर्न माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रधानमन्त्री केपी ओलीलाई बाँस्कोटालाई हटाएर छानविन गर्न सुझाव दिएका हुन् ।

अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारप्रति व्यंग गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीलाई ट्विटमार्फत अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्न आग्रह गरेका हुन् । भट्टराईले भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ भनेको यही हो भनेर प्रश्न समेत गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्