घर बसे किसान, बजार पसे प्राविधिक



गोविन्द खड्का
दाङ, २९ कार्तिक । घरवारीमा रहेको चार का जमिन कतै खाली देखिन्न । टमाटर फल्दै गरेका छन् । प्याज बेर्ना उम्रिदै छन् । सागपात छ । यस्तै अनेकौ तरकारीका जात र फलफुल खेतिले भरी भराउ देखिन्छ ।
यसरी बारी खेतिपातीले छलापुर देखिएपनि तिनका लागि आवश्यक पानीको सुविधा भने छैन । हातमुख धोएको पानी जम्मा हुने डोविल्को बाट केहि काम चलाएको घोराही १८ गिठेपानीका द्रोणबहादुर महराले जानकारी दिनुभयो । त्यस बाहेक आकाशे पानीको भरले खेति चलेको छ ।

परिवारको मेहनत बराबरी छ । योजना दिने र कार्यक्रम बनाउने भने घोराही बजारमा महरा एग्रोभेट चलाई रहनुभएका दो्रेण बहादुर महराको हो । जसले त्यस क्षेत्रभरीमा अलि फरक ढंगको परिचय बनाउनुभएको छ । हिउ“देको सुख्खामा पनि फुल फुल्ने, बारीमा तरकारी झुल्ने त्यहि घर भएको छ । टमाटर लगाएत तरकारी तथा बेर्नाहरु उत्पादन गरेर बिक्री गरीन्छ ।

त्यतिनै संख्यामा महराकै नजिक रहनुभएका चुडामणी घर्तिले पनि खेती गर्नुभएको छ । भर्खरै काक्राको फसल निकाल्नुभएका घर्तिको बारीमा टमाटर बेसरी मौलाएका छन् । करीव दुई कठा बारीमा टमाटर खेति छ । उहाले घर्ति पनेरामा सानो टंकि बनाई पानी संकलन गर्नुभएको । पाईप बाट बारीमा ल्याएर सिंचाई गरीन्छ । महराको बारीमा भने त्यसो गर्ने उपाएपनि छैन । कतै बाट सिंचाई गर्ने सुविधा नभएपनि महराको परिवार तरकारी उत्पादनमा उदाहरण हो ।
‘मजा संग उत्पादन गर्न सकिन्छ । घरमा खाने जति । तर विरुवालाई चाहिने जति तत्व किनेर हाल्न सक्दैन ।’ एग्रोभेट सन्चालक महाराले भन्नुभयो, ‘बढि खेति लगायो भने प्रशस्त पाउ“छ । राम्रो फल हुन्छ । दुई चार वुटामा विषधिहरु किनेर हाल्न खेर लाग्छ’ उहाका अनुसार जागर मार्नु हुन्न । महराको जमिन खाली गराउनै ढिलो हुन्छ । त्यसपछि बा“झै रहन कुनै सिजनमा पाउदैन ।

ल्हापे, बुढा कोट, मौलाकोट र दुईखोली जस्ता पहाडि वस्तिहरुमा सबै भन्दा धेरै टमाटर फल्ने गरेको महराको भनाई छ । महराका अनुसार त्यहा“का किसानहरु कसरी रोप्ने, कहिले फल्छ, व्याड राख्ने तरीका के हो ? मसिनो गरी सिक्छन् । दिएको सल्लाहअनुसार गाउ“मा खेति गर्छन् । सप्रिय पछि तपाईले गर्दा यति फल्यो भन्दै चखाउन एक दुई छाक बोकेरै आउ“छन् । निकै खुशि हुन्छन् । सुझाव दिएको सुन्ने र गर्ने ठाउ“मा गजब भएको छ । सुन्नै नचाहने र कथंकदाचीत सुने पनि गर्न अल्छी गर्ने धेरै छन् । त्यसैले पनि हात्ति खर्क लगाएत विभिन्न पहाडि क्षेत्रमा टमाटर लटरम्म फलेको छ । गिठेपानी क्षेत्रका सम्म बस्तिहरु तोरी छर्ने बाहेक बा“झै हुन्छन् ।

‘अल्छी धेरै जना छन् । बग्ने पानी खेर गएको छ’ स्थानिय मित्र घर्तीले भन्नुभयो, ‘एक मुठा धनिया र साग किनेर खान्छन् । गाउ“मा बसिन्छ भनेर नाक खुम्च्याउछन् ।’ उहाका अनुसार धेरैलाई बजारीया नभएकोमा ग्लानी छ । तर, आफैले उत्पादन गरेको, कुनै विषाधि प्रयोग नगरेका सागपात तरकारी गाउलेले खान्छन् भन्ने थाहछैन । छिटुवा तथा डोकामा तरकारी बेच्नेहरुको भरमा भान्सा तयार हुन्छ । जीवन शैलि शहरीया भएकैले अच्छा संग टमाटर फल्ने क्षेत्र बाझै छन् । सानातिना मुहानको पानी संकलन गरी फाईदा उठाउन नसकिदा तरकारी अभाव भएको छ । आज भोलि सय रुपैया प्रति किलो सम्म टमाटर किनेर खाने वाद्यता आएकोे छ ।

वनको क्षेउ र चिस्यान क्षेत्रहरु बा“झै रहेको कालिका सामुदायीक वन उपभोक्ता समितिका सचिव दिनेश वलीले जानकारी दिनुभयो । उहाका अनुसार घरमा हात धोएको, कपडा पखालेको पानी संकलन गरेर वारीमा हाल्नेहरु थोरै संख्यामा छन् । उनिहरुको जा“गर भएपनि पानीले साथ दिएको छैन । कसैको वारीमै पानीको मुल जाग्छ तिनलाई उत्पादनको मतलबै हुदैन । धेरैले कुन बेला रोप्ने भन्ने समेत भेउपाएका छैनन् । सपैको घरमा तरकारी खेति गर्ने र फालेको पानी उपयोग गर्ने अभियानै चलाउनु पर्ने देखिएको छ । केहि घरमा मदिरा उत्पादन हुन्छ प्रशस्त पानी फालिन्छ तिनले पनि खेति गरेका छैनन् । ‘गरेरै भैन भने त्यसको हिसाव छैन’ सचिव वलीले भन्नुभयो, ‘प्रयास भने जारी राख्नुपर्छ । त्यहि समस्या रहेको छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्