गोकुल बाँस्कोटाको घुस काण्डको समाचार नयाँ पत्रिकाले छाप्न नमानेपछि पत्रकारले दिए राजिनामा, गरे यस्तो खुलासा



काठमाडौं । सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाको घुस काण्डको समचार छाप्न नमानेपछि नयाँ पत्रिका दैनिकका पत्रकारले राजिनामा दिएका छन्।

नयाँ पत्रीका दैनिकका पत्रकार पुष्प ढुंगानाले बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएका हुन् ।

सामाजिक संजालमा एक पोष्ट लेख्दै पत्रकार ढुंगानाले भनेका छन्, ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन ।

ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरीदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्