आर्थिक

धानमा आगलागी

By थाहा अनलाइन

November 15, 2017

सैघाली खबर दाङ, २९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका १८ मनिकापुर निवासी दिल वहादुर थापाको धानमा आगलागी भएको छ । आगलागीका कारण दश कट्ठा जमिनको धान नोक्सान भएको  छ  ।

वुधवार साँझ खेतको धान टेक्ट्रर वाट घरमा लैजादाँ गर्दा विद्युतार सर्ट भई आगलागी भएको हो । आगलागीवाट धान पुरै जलेर नष्ट भएको छ । टेक्टरमा भने कुनै क्षति नपुगेको स्थानिय शोभा शर्माले जानकारी दिनुभयो । स्थानियवासी , प्रहरीको सक्रियतामा आगो नियन्त्रण लिएको थियो , भने आगलागीका कारण ८० हजार मुल्य बराबारको क्षति भएको शर्माले बताउनुभयो ।