दुग्धजन्य पदार्थ खान थालेपछि उसको खप्परको आकार घट्ने गरेको अनुसन्धानकर्ताको निष्कर्ष



काठमाडौं । मानिसका पुर्खाले दुग्धजन्य पदार्थहरु खान शुरु गरेपछि मानवजातिको हात तथा बंगाराहरु सानो आकार र कमजोर बन्न थालेको एक अध्ययनको निस्कर्ष छ ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले मान्छेले दुग्धजन्य पदार्थ खान थालेपछि उसको खप्परको आकार घटेको बताएका छन् । दुग्धजन्य पदार्थको प्रयोग पछि मान्छेले सिकारमा निर्भर हुनु नपरेको र कोमल चिजहरु मात्र चपाउनु परेपछि उसका बंगाराहरुमा समेत दबाब कम परेकाले मानिसको बंगाराहरु कमजोर र सानो बनेको उनीहरुले एक अनुसन्धानबाट पत्ता लगाएका हुन् ।

अनुसन्धानका क्रममा शोधकर्ताहरुले झण्डै एक हजार वटा मानव खप्परहरुको अध्ययन गरेका थिए । विश्वका विभिन्न भागबाट संकलन गरिएका ती खप्पर मानव जातिले कृषिकर्म शुरु गरिसकेपछिको समयका र सिकार युगको समयका मानिसहरुका खप्पर अध्ययनका क्रममा तुलनात्मक विश्लेषण गरिएको थियो ।

अध्ययनबाट शोधकर्ताहरुले जब जब मानिसले कृषिपेशा तथा पशुपालनको प्रविधि विकाश गरी फलफूल तथा सगपात र पशुका दुधबाट बन्ने पदार्थहरुको प्रयोग ठूलो परिमाणमा गर्न थाले तब मानिसको बंगारा खुम्चिँदै गयो र अन्ततः खप्परको आकार पनि घट्दै गएको निष्कर्ष निकालेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्