सगरमाथा सिमेन्ट दंगाली टि – २० कपको पहिलो खेलमा योङ्ग गंज क्रिकेट विजय



सैघाली खबर
दाङ, २९ कार्तिक । दाङको घोराहीमा क्रिकेट मैदानमा जारि सगरमाथा सिमेन्ट दंगाली टि – २० कप रास्ट्रिय प्रतियोगिता अन्तर्गत बुधवार बिहान भएको पहिलो खेलमा योङ्ग गंज क्रिकेट क्लब नेपालगंज ३६ रनले बिजयी भएको छ ।झापाको एन.सी.सी.एस .संग भएको खेलमा टस हार्दै ब्याटिङ गरेको योङ्ग गंज क्रिकेट क्लब नेपालगंजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५२ रन बनाएको थियो ।

जसमा सुनिल भण्डारीले आक्रमण पारि खेल्दै १९ बलमा ३५ रन ,रोहण केसीले ३२ तथा रितेश शाहले २९ रन बनाएका थिए र बलिंग तर्फ एन.सी.सी.एस. झापाका अनिल मण्डल ,प्रज्वल घिमिरे ,कमल कार्की र गौरब कटुवालले समान १÷१ विकेट लिएका थिए ।
१५३ रनको बिजयी लक्ष्यका साथ मैदानमा उत्रिएको एन.सी.सी.एस. झापाले २० ओभरमा ९ विकेट गुमाउदै ११६ मात्र बनाएका थिए ।

ब्याटिङ तर्फ एन.सी.सी.एस .झापाका संजय बूढाथोकीले अविजित ३० रन , अनिल मण्डलले १५ तथा दिपेन जोगीले अविजित १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन ।
बलिंगतर्फ योङ्ग गंज क्रिकेट क्लब नेपालगंजका अहिमेश साहीले ४ विकेट , गौतम कनोजिया ले २ विकेट, विजय चौधरी र सोम शर्माले समान १÷१ विकेट लिएका थिए र ३५ रनको आक्रमण पारि खेली टिमलाइ बिजयी बनाउने योङ्ग गंज क्रिकेट क्लब नेपालगंजका सुनिल भण्डारीलाइ म्यान अफ दि म्याच घोषित गरिएको थियो ।

त्यस्तै बुधवार सम्पन्न भएको दोश्रो खेलमा भ्याली जुनियर क्रिकेट क्लब १०४ रनले बिजयी भएको छ । पुरन्धारा क्रिकेट क्लब र भ्याली जुनियर क्रिकेट क्लब बीच भएको खेलमा भ्याली जुनियर क्रिकेट क्लब१०४ रनले बिजयी भएको हो ।

टस जितेर पहिले ब्याटिंग गरेको भ्याली जुनियर क्रिकेट क्लबले २० ओभरमा ४ विकेट गुमाउदै १९३ रनको बिशाल योगफल तयार पारेको थियो र ब्याटिंग तर्फ कृष्ण कार्कीले आक्रमण पारि खेल्दै २७ बलमा ५५ रनको अर्धसतकिय पारि खेलेका थिए ।
त्यस्तै प्रज्वल शाह र अमर सिंह राउटेलाले समान २७(२७ रन बनाएका थिए भने बलिंग तर्फ पुरन्धारा क्रिकेट क्लबका संकर रानाले ३ ओभरमा ३४ रन दिदै ४ विकेट लिएका थिए ।
१९४ रनको बिजयी लक्ष्यका साथ मैदानमा उत्रिएकोपुरन्धारा क्रिकेट क्लबले १६।३ ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाउदै मात्र ८९ रन बनाउन सफल भयो र ब्याटिंग तर्फ पुरन्धारा क्रिकेट क्लबका अजय सहनीले २१ ,अनुपम सिंहले २० तथा संकर रानाले १३ रन बनाएका थिए ।
बलिंग तर्फ भ्याली जुनियर क्रिकेट क्लबका बिक्रम जिसीले ३ विकेट ,अमर सिंह राउटेला र बिष्णु सिंह ठकुरीले समान २÷२ विकेट लिएका थिए ।
५५ रनको आक्रमणअर्धसतकिय पारि खेलेकाभ्याली जुनियर क्रिकेट क्लबका कृष्ण कार्कीलाई म्यान अफ दि म्याच घोषित गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्