नेविसंघ ग्रामीण/एन आरका विद्यार्थीले गरे मन्त्री बास्कोटाको पुत्ला दहन




प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको पुत्ला दहन गरेका छन् । काठमाण्डौ नेपालटार स्थीत ग्रामीण आर्दश बहुमुखि क्याम्पस र एन आर कलेजमा अध्ययनरत नेवि संघका विद्यार्थीले संयुक्त रुपमा पुत्ला दहन गरेका हुन् ।

एक स्वीस कम्पनीबाट सेक्युरिटी प्रेस खरीद प्रकरणमा संचारमन्त्री गोकुल बास्कोटा कमिसन लेनदेनमा मुछिएका छन् । संचारमन्त्री बास्कोटाले ७० करोड कमिशन लिन उक्त सेक्युरिटी प्रेस भित्र्याउन खोजेको आरोप उनको सार्वजनिक भएको अडियोले पुष्टी गरेको छ । यो संगै उनको राजीनामाको माग गर्दै नेकपा सरकारको विरोध समेत गरेको ग्रामीण क्याम्पस नेविसंघका नेता मातृका प्रसाद तिमिल्सीनाले बताए ।

विरोध कार्यक्रममा सुवास अधिकारी, शुसान्त सिटौला, विक्रम अधिकारी,रियाज शर्मा पाठक, धन बहादुर शाहि, राजेन्द्र फुयाल, बासुदेव हमाल लगाएतका नेवि संघका विद्यार्थी नेताहरुको उपस्थीति रहेको तिमिल्सीनाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्