छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु



कैलाली, चितवन, सिरहा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

कैलाली,टिकापुर नगरपालिका(४ अस्नेहरी चोकमा बुधबार दिउँसो से।६ प५२०२ नम्बरको मोटरसाइकलले ठक्करदिंदा सोही ठाउँ बस्ने पैदलयात्री ८५ वर्षीया कलधरी रावलको मृत्यु भएको छ । दुर्घटनामागम्भीरघाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको छ ।

चितवन,भरतपुर महानगरपालिका(१९ तमुचोकमा प्रदेशनम्बर २(००३(००४ प ९४४० नम्बरको मोटरसाइकलबुधबार साँझ अनियन्त्रित भई सडक छेउमा रहेको रुखमाठोक्किएरदुर्घटना हुँदा सोही महानगरपालिका(६ गितानगर बस्ने ३५ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको छ । दुर्घटनामागम्भीरघाइते भएका उनको स्थानीय स्वास्थ्यचौकी रामपुरमा उपचारको क्रममा मृत्युभएको हो ।

सिरहा,सिरहा नगरपालिका(१ हटियास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले बुधबार साँझ ठक्कर दिंदा सोही ठाउँ बस्ने १८ वर्षीय नरेश सदाको मृत्यु भएको छ । दुर्घटनामागम्भीरघाइते भएका उनकोजिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, कटहरी गाउँपालिका(१ स्थित सडकमा को।२ त ६७३६ नम्बरको ट्याक्टर बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक ग्रामथान गाउँपालिका(५ तेतरिया बस्ने २४ वर्षीय युवराज भगतको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्