कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ सय नाघ्यो, संक्रमितको संख्या घट्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या २ हजार १ सय १८ पुगेको छ । कोरोना भाइरसका कारण बुधबार थप १ सय १४ जनाको मत्यु भएपछि मृतकको संख्या २ हजार १ सय १८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यसअघि गत मंगलबार एकै दिनमा महामारीबाट १ सय ३६ जनाको मृत्यु भएको थियो । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको राजधानी वुहान शहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुनेको संख्या बढे पनि संक्रमितको संख्यामा भने कमि आएको समाचार संस्था एपीले जनाएको छ ।

कोरोना भाइरसका कारण थप ३ सय ९४ जनालाई संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ७४ हजार ५ सय ७६ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्