बाँस्कोटा कञ्चनपुरबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुग्ने, के होला अव ?



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा कञ्चनपुरबाट फर्केपछि सिधै प्रधानमन्त्री निवास बालुवाटार पुग्नु हुनेछ । मन्त्री बाँस्कोटालाई सिधै प्रधानमन्त्री निवास बालुवाटार पुग्न निर्देशन दिइएको छ । ‘अडियो प्रकरण सार्वजनिक हुँदा मन्त्री बाँस्कोटा कञ्चनपुरमा हुनुहुन्थ्यो । आज फर्केपछि मन्त्रीज्यू सिधै बालुवाटार आउनुहुन्छ’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘त्यसपछि मन्त्रीज्यूले प्रधानमन्त्रीसमक्ष आफ्ना कुराहरु राख्नुहोला । मन्त्रीज्यूले आफ्ना कुराहरु मिडियामा पनि राख्नुहोला ।

राजीनामा दिन निर्देशन दिएको भन्ने कुरा होइन ।’ मन्त्री बाँस्कोटाको अडियो प्रकरण सार्वजनिक भएपछि यतिबेला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल बनेको छ । मन्त्री बाँस्कोटालाई राजीनामा दिन निर्देशन भन्ने खालका समाचारहरु पनि सार्वजनिक भइरहेका छन् । ‘मन्त्रीज्यूले प्रधानमन्त्रीसमक्ष आफ्नो कुरा राखिसकेपछि मात्र के गर्ने विषयमा प्रधानमन्त्रीले निर्णय लिनु होला’, स्रोतले भन्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्