शिर्ष नेता चुनावी सभामा व्यस्त



सैघाली खबर
काठमाडौं, ३० कार्तिक


प्रतिनिधी सभा र प्रदेश सभाको पहिलो चरणको चुनाव आउन १० दिन बाँकी रहँदा प्रमूख दलका शिर्ष नेताहरु चुनावी सभामा व्यस्त छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुले आज पनि विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नेछन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड चार नम्बर प्रदेशका विभिन्न चुनावी सभालाई सम्बोधन गर्न पश्चिमाञ्चल पुग्नु भएको छ । बाम गठबन्धनले आयोजना गरेका चुनावी सभालाई दुवै नेताले संयुक्त सम्बोधन गर्ने कार्यक्रम छ । दुई नेतालमे स्याङ्जा, बाग्लुङ र पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्