मुख्य समाचार

धनगढीबाट एक युवक पेस्तोल सहित पक्राउ

By थाहा अनलाइन

November 16, 2017

 

सैघाली खबर कैलाली, ३० कार्तिक

कैलालीको धनगढीबाट गएराती एक युवक हतियार सहित पक्राउ परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमै रहेका बेला धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बाट एक युवक पेस्तोलसहित पक्राउ परेका हुन् । धनगढी–८ का २२ वर्षीय राकेश चौधरीलाई हिजो राति साढे ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीको साथबाट एउटा पेस्तोल बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।