अव्यावहारिक सुरक्षा निति



गिरिराज नेपाली
दाङ,३० कार्तिक । स्थानिय प्रशासनले बजार सुरक्षा व्यावस्थालाई मध्ये गर्दै लागु गरेको सुरक्षा व्यावस्था खासै व्यावहारिक बन्न सकेको छैन । बजार क्षेत्र भित्रका होटेलहरु रातको ८ वजे देखी खुल्न प्रतिवन्ध लगाए संगै उक्त सुरक्षा निति सर्वसाधरणहरुका लागि व्यावहारिक नभएको गुनासो छ । भने रातको समयमा दाङ भित्रने पाहुनाहरुको पनि ठुलै समस्या बन्ने गरेको छ ।

घोराही उपमहानगरपालिका १५ स्थानिय सनत गिरीले शहरी क्षेत्रका होटेलहरु राती ८ वजे देखी नै बन्द गर्ने गरेकाले खाना र बस्नका लागि सर्वसाधरणहरुले सकस खेप्नु परेको बताउनुभयो । राती ८ वजे देखी कुनै होटेलले मदिराजन्य विक्रि वितरण गर्न नपाइने प्रशासनले प्रतिवन्ध लगाए संगै होटेल व्यावसायीहरुले आफ्ना सेवा नै बन्द गर्ने गरेको उहाँले बताउनुभयो । सर्वसाधरण नागरिक मात्रै होईन उक्त सुरक्षा नितिले कर्मचारी, सुचना तथा सञ्चार माध्यममा कार्यरत कर्मचारी , आगन्तुक पाहुनाहरु र आगन्तुक र ग्रामिण क्षेत्रका वासिन्दाहरु लाई समस्या बन्ने गरेको छ । होटेलहरु नखुल्दा सर्वसाधरणहरु लाई गाँस र वाँसको समस्या बन्ने गरेको गरेको उहाँले बताउनुभयो । बाहिरीवाट दाङ भित्रिएका नागरिकहरु होटेल खुल्ला नहुदा अलपत्र पर्ने गरेकाले मदिरा विक्रिलाई प्रतिवन्ध लगाई होटेलको गाँस वाँसको सेवाको सुरक्षामा खलल नपुग्ने गरी समय वढाउनुपर्ने उहाँले बताउनुभयो ।

स्थानिय प्रशासनको सुरक्षा नितिले होटेल व्यावसायीहरु लाई न्याय नदिएको व्यावसायीहरुले गुनासो छ । स–साना मदिरा विक्रि वितरणकोख प्रयोजनले मात्रै खोलिएका होटेलहरु बारे कुनै नियमको व्यावस्था छैन । जुन ठुलो लगानीका लागि खाना र वास सुविधाका लागि खोलिएका होटेलहरु लाई निर्धारित समय भन्दा १ मिनेट पनि वढि नखोल्न प्रहरी ÷प्रशासनको निर्देशन छ । एक होटेल व्यापारीले नाम नबताउने शर्तमा बताउनुभयो । साना होटेल जस्ले घरपालुवा मदिरा देखी मंहगा रक्सी सम्म वेच्छन । ति होटेलका अगाडी रातको १२ वजे मोटरसाईकल तेस्रिएका हुन्छ । हामीले खाना खुवाउने र बास बसाउने पाएका छैनौ । जसका कारण व्ययभार खेप्नु परेको छ । व्यापार, व्यावसाय संगै उपभोक्ताहरु सकस खेप्नु परेको उहाले बताउनुभयो ।

स्थानिय प्रशासनले मदिरा विक्रि वितरणलाई रोक लगाएको छ । त्यो अन्त्यन्त राम्रो पक्ष हो । तर कम्तीमा पनि राती १० वजे सम्म होटेल खुल्ला गर्न पाएमा उपभोक्ताहरु लाई अलि सहज हुन सक्ने दाङ देउखुरी होटेल व्यावसायी समिति दाङका अध्यक्ष रुद्र वहादुर डाँगीले बताउनुभयो । सुरक्षा व्यावस्थालाई मजवुत गर्दै खाना र आवास सेवाका होटेलहरु लाई नियमित सुचारु गर्ने व्यावस्था मिलाउनुपर्ने बताउनुभयो । घोराहीको तुलसीपुरचोक र ट्राफिकचोकमा होटेल सेवा २४ घण्टा सुचारु हुनुपर्ने आवश्यक छ । उहाँले भन्नुभयो– ‘ निर्वाचन सुरक्षामा अघात नहुने गरी होटेलहरु निर्वात रुपमा व्यावसाय गर्न पाउनुपर्छ । चुनावी प्रचारका दिन सुरु भएको छ, उम्मेदवार देखी कार्यकर्ता सवैलाई खाना खुवाउने होटेलहरुले नै हो । खुवाउ रातीमा खोल्न पाईदैन । नखुवाउ सुख पाईदैन । शटर वन्द गरेर भित्रि खाना पनि लुकाई लुकाई खुवाउनु पर्ने वाध्यता छ । सुरक्षा निति लाई उपभोक्तामुखी रुपमा विकास आग्रह गनुभयो ।

जिल्ला प्रशासन कार्यालय गाँसवासका सेवाका कुनै पनि होटेलहरुले जतिसुकै वेलामा पनि उपभोक्ताहरु लाई सेवा दिन सक्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले चुनावी र बजार सुरक्षा लाई मध्येनजर गर्दै मदिरा विक्रिवितरण गर्ने होटेल तथा रेष्टुरेन्टहरु लाई राती ८ वजे अघि नै बन्द गर्ने गरी सुरक्षा योजना लागु गरिएको बताउनुभयो । मदिरा सेवनले विभिन्न अपराधिक घटनाहरु निम्त्याउन सक्ने भन्दै स्थानिय प्रशासनले सुरक्षा निति लागु गरेको बताउनुभयो । अधिकाश होटेलहरुले खाना संगै मदिरा विक्रिवितरण गर्ने गरेकाले अधिकाशमा व्यापारीहरुले मदिरा विक्रि वितरणमा गर्न नपाएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले चुनावी सुरक्षा लाई मध्येनजर गर्दै अबको हप्तादिन भित्रमा मदिरा आयातमा पनि रोक लगाईने, कसैले सेवन गरेको वा विक्रिवितरण गरेको भेटिएमा कार्वाही समेत चेतावनी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्