चार दिने अधिकारमुखी पद्धती तालिम



सैघाली खबर,
दाङ ३० कात्तिक।तुलसीपुरमा ४ दिने अधिकारमुखी पद्धती तालिम भएको छ । समाजमा वातावरणीय शिक्षाको बिकास (सीड) तुलसीपुर र स्वान लमहीको संयुक्त आयोजनामा शुरु भएको तालिममा मानब अधिकारका बारेमा जानकारी दिईएको थियो । आईएम नेपाल र एक्सन एडको आर्थिक सहयोगमा भएको तालिमको बुधबार एक कार्यक्रमकाबीच समापन गरिएको छ ।

सीडका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एबं वडा नंं. ६ का वडा अध्यक्ष नवराज लामिछानेको बिशिष्ट अतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि पाण्डेले आफ्नो अधिकार नपाएर पछाडि परेका समुदायलाई अधिकार दिलाउन तालिमबाट महत्वपुर्ण भुमिका रहने बताएका छन् । मेयेर पाण्डेले बिभेदमुखी समुदायलाई न्याय दिन आफुले पहल थाल्ने पनि बताए । उनले उपमहानगरका योजनालाई अधिकारमुखी दृष्टिकोणबाट अगाडि बढाउने समेत उनले बताएका थिए । कार्यक्रममा बिशिष्ट अतिथि लामिछाने, प्रशिक्षक मान बहादुर डाँगी, सीडका कार्यक्रम निर्देशक स्यानी चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । सहजीकरण कार्यक्रम संयोजक माधब चोधरीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्