बसको ठक्करबाट एक महिलाको मृत्यु



सैघाली खबर,
घोराही, ३० कार्तिक
दाङमा आज बसको ठक्करबाट एक महिलाको निधन भएको छ । बबई गाउपालिका–२ बगालेबाट तुलसीपुर आउँदै गरेको बसले बबई गाउँपालिका—४ सुन्दरखालमा ठक्कर दिदा सोही स्थानकी ४५ बर्षिय हिरा राणाको निधन भएको हो । बसको ठक्करबाट गम्भिर घाइते रानाको उपचारका लागि तुलसीपुर ल्याउन्दै गर्दा बाटोमै निधन भएको प्रहरी चौधरी हंसपुरले जनाएको छ । ग १ ख ७७०३ नम्बरको बसले रानालाई ठक्कर दिएको थियो ।ानालाई ठक्कर दिने बस र चालकलाई प्रहरी चौकी हंसपुरको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी हवल्दार हरि सिग्देलले जानकारी दिनुभएको छ । बस र बसचालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्