मुख्य समाचार

बसको ठक्करबाट एक महिलाको मृत्यु

By थाहा अनलाइन

November 16, 2017

सैघाली खबर, घोराही, ३० कार्तिक दाङमा आज बसको ठक्करबाट एक महिलाको निधन भएको छ । बबई गाउपालिका–२ बगालेबाट तुलसीपुर आउँदै गरेको बसले बबई गाउँपालिका—४ सुन्दरखालमा ठक्कर दिदा सोही स्थानकी ४५ बर्षिय हिरा राणाको निधन भएको हो । बसको ठक्करबाट गम्भिर घाइते रानाको उपचारका लागि तुलसीपुर ल्याउन्दै गर्दा बाटोमै निधन भएको प्रहरी चौधरी हंसपुरले जनाएको छ । ग १ ख ७७०३ नम्बरको बसले रानालाई ठक्कर दिएको थियो ।ानालाई ठक्कर दिने बस र चालकलाई प्रहरी चौकी हंसपुरको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी हवल्दार हरि सिग्देलले जानकारी दिनुभएको छ । बस र बसचालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ