रोल्पामा मन्त्रीमाथि बम आक्रमण



सैघाली खबर,
रोल्पा ३० कात्तिक।
चुनावी अभियान अनतर्गत घरदैलो कार्यक्रमकालागि रोल्पाको सुवर्णवती गाउँपालिका पुगेका सिंचाई राज्य मन्त्री तथा नेपाली कांग्रेस उम्मदवार अमरसिंह पुनमाथि बम आक्रमण भएको छ ।

बिहीबार दिउँसो गाडी सवार उनीमाथि पडाडिबाट सुत्ली बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । प्रहरीका अनुसार घटनामा कुनै क्षति भने भएको छैन ।उक्त क्षेत्रमा अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।विष्फोटको घटनापछि राज्यमन्त्री पुनले जुनसुकै समूहले गराएको भए पनि यस्ता घटनाले कसैलाई फाइदा नहुने भन्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धीत समूहलाई आग्रह गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्