समाचार

रोल्पामा मन्त्रीमाथि बम आक्रमण

By थाहा अनलाइन

November 16, 2017

सैघाली खबर, रोल्पा ३० कात्तिक। चुनावी अभियान अनतर्गत घरदैलो कार्यक्रमकालागि रोल्पाको सुवर्णवती गाउँपालिका पुगेका सिंचाई राज्य मन्त्री तथा नेपाली कांग्रेस उम्मदवार अमरसिंह पुनमाथि बम आक्रमण भएको छ ।

बिहीबार दिउँसो गाडी सवार उनीमाथि पडाडिबाट सुत्ली बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । प्रहरीका अनुसार घटनामा कुनै क्षति भने भएको छैन ।उक्त क्षेत्रमा अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।विष्फोटको घटनापछि राज्यमन्त्री पुनले जुनसुकै समूहले गराएको भए पनि यस्ता घटनाले कसैलाई फाइदा नहुने भन्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धीत समूहलाई आग्रह गर्नुभएको छ ।