समाचार

होचा कलाकार दिपेन शाहको निधन

By थाहा अनलाइन

November 16, 2017

सैघाली खबर, काठमाडौं ३० कात्तिक । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ । बिहीबार बिहान ७ः१५ बजे उनको १९ वर्षको उमेरमा निधन भएको हो । नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए । उनीको उचाई ३१ इञ्च मात्र थियो । धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए । पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए । शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् । उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।