समग्र जिल्लाको विकासका लागी- नेपाली काग्रेश



सैघाली खबर,
दाङ ३० कात्तिक।

नेपाली कांग्रेसका नेता वुद्धिराम भण्डारीले आफ्नो जित सुनिश्चित भएको वताउनु भएको छ । समग्र दाङको विकासका लागी सांसद् हुदा गरेको योगदान र ईमान्दार छविका कारण मतदाताहरुले आफु र नेपाली कांग्रेसलाई रोज्नेमा विश्वस्त रहेको दावी गर्नुभयो । पत्रकारहरुसंग कुरा गर्दै निवर्तमान सांसद् भण्डारीले यस्तो दावी गर्नुभएको हो ।

दाङ क्षेत्र नम्वर ३ को २ तर्फको प्रदेश सभा सदस्यका उम्मेदवार भण्डारीले तत्कालीन क्षेत्र नम्वर ४ संगै समग्र जिल्लाको विकासका लागी समेत सांसद् हुदा लागि परेको वताउदै अझै धेरै विकास गरेर दाङको पश्चीम क्षेत्रलाई समृद्ध वनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

गांउमा वसेको व्यक्ती पनि शहरमा वसेको अनुभुति गराउने लक्ष्यका साथ उम्मेदवारको रुपमा प्रस्तुत भएको वताउनु भएका कांग्रेस नेता भण्डारीले शहरमा वसेकाहरुलाई छिटै गांउमा फर्काउने गरि गांउलाई सुविधायुक्त वनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । पैसाको वलमा चुनाव जित्ने कसैले सपना देखेको भए त्यो समपनामै समिति हुने चेतावनी दिदै उहांले जनता ईमान्दारिताको पक्ष्मा छन् भन्ने पुष्टी गरेर देखाउने दावी पनि गर्नुभयो ।

पार्टि भित्र विगतमा देखिएको मनमुटाव अन्त्ये र कांग्रेसले गरेको विकास नै कांग्रेसको जितको प्रमुख आधार रहेको वताउनु भयो । साम्यवाद कि लोकतन्त्र कुन पद्धति रोज्ने भन्ने महत्वपुर्ण समय भएकाले अहिलेको निर्वाचनमा गल्ती भए त्यसको देश र जनताले नै ठुलो मुल्य चुकाउनुपर्ने भएकाले लोकतन्त्रका लागी पनि कांग्रेस रहेको बताउनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्