नुवाकोटको गुर्जेभन्ज्याङ–मानेभन्ज्याङ–दुप्चेश्वर सडकको शिलान्यास




नुवाकोटको शिवपुरी गाउँपािलका वडा नम्बर ६ मा गुर्जेभन्ज्याङ–मानेभन्ज्याङ–दुप्चेश्वर सडकको शिलान्यास गरिएको छ ।

सडकको बाग्मति प्रदेशका मुख्यमन्त्रि डोरमणि पोखरेल, संघिय सांसहरु हितवहादुर तामाङ, नारायणप्रसाद खतिवडा, बाग्मति प्रदेशका उपसभामुख राधिका तामाङ, बाग्मति प्रदेशका सांसदहरु बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ लगायतले संयुत्त रुपमा उद्घाटन गरेका हुन । सडकको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्रि डोरमणि पौडेलले विकास निर्माणका काममा सबैले पार्टी र दलभन्दामाथि उठेर काम गरेमात्र विकास निर्माणको कामले गति लिने बताए ।

त्यस्तै कार्यक्रममा संघिय सांसद नारायणप्रसाद खतिवडा र हितवहादुर तामाङले नुवाकोटको भौतिक पूर्वाधारले लामो समयदेखि मुहार फेर्न नसकेको भन्दै अब सबै मिलेर विकास निर्माणमा लाग्नुपर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्