शनिबार नायिका रेखा थापा श्रीनगर सल्यान आउने



प्रेम विवश घर्ती मगर 

सल्यान उद्योग वाणिज्य संघ को आयोजनामा श्रीनगरमा सञ्चालन भैरहेको प्रादेशिक महोत्सव मा भोलि शनिबार आयिका रेखा थापा को विषेश  प्रस्तुति सङ्गै अन्य कलाकार हरु को पनि बेजोड प्रस्तुति रहने भएको छ ।

कृषी ,पशु ,वन उद्योग, व्यापार ,पर्यटन विकास को परिकल्पना, व्यवसायिककरण द्वारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मूल नाराका साथ सल्यानको श्रीनगरमा सञ्चालन भैरहेको  सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर चलाउने ले बताएका छन् ।

सल्यान उद्योग वाणिज्य संघ श्रीनगर सल्यानको मुख्य आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ र शारदा नगरपालिका सल्यानको आयोजनामा संचालन मा भएको महोत्सवमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति सङ्गै  रोटेपिङ ,बल उद्यान ,स्थानिय मौलिक झाँकी ,दैनिक लाइभ दोहोरी , सल्यानमा उत्पादित आर्गानि बस्तुको स्टल ,दैनिक उपभोग्य वस्तुको स्टलहरु रहेका छ्न ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्