lemu|fgfdf lxdkft x'Fb} 8f]6L, ( kmfu'g M 8f]6Lsf] vKt8 If]qdf kg]{ lemu|gfdf kb}{ u/]sf] lxdkft . uP/fltb]lv df};ddf cfPsf] kl/j{tgsf sf/0f pQm If]qdf z'qmaf/ laxfgb]lv lxFp kg{ z'? ePsf] xf] . t:jL/ M ljdnaxfb'/ lji6, /f;;

टप फिचर

खप्तड क्षेत्रमा बिहानदेखि हिमपात

By Thah Online

February 21, 2020

बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ । योसहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै आज बिहानदेखि हिमपात शुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ । गत माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि आज हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा आज बिहानदेखि फेरि हिमपात शुरु भएको बताइएको छ । खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेको छ ।