लागुऔषध सहित २ जना प्रहरी नियन्त्रणमा



महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोली ब्राउन सुगर सहित २ जनालाई प क्राउ गरेको छ । यही फाल्गुन ८ गते बिहान काकडभिट्टाबाट काठमाण्डौ आउदै गरेको ना। ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसलाई नागढुङगामा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला झापा शिबसतासी नगरपालिका (११ झिलझिले बस्ने बर्ष २३ की बिना डाँगी र काठमाण्डौ महानगरपालिका) ८ चावहिल बस्ने बर्ष २८ को दिपेश डंगोललाई ब्राउन सुगर सहित प क्राउ गरेको छ ।

बिना डाँगीको साथबाट ४।३ ग्राम र दिपेश डंगोल ०।५ ग्राम ब्राउन सुगर फेला परेको थियो । निजहरूलाई उक्त परिमाणको ब्राउन सुगर सहित प क्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्