प्रतिनीधि सभा सदस्यका उम्मेदवार गिरीद्धारा गीता दिदीसंग आर्शिबाद



सुशील बस्नेत
दाङ,३० कार्तिक। 
नेपाली काग्रेस क्षेत्र नम्वर ३ का प्रतिनीधि सभा सदस्य उम्मेदवार दीपक गिरीले ब्रह्मकुमारी गीता दिदीसग प्रचार प्रसारका क्रममा आर्शिबाद लिनुभएको छ । पूर्ब सिंचाई मन्त्री एबम प्रतिनीधि सभा सदस्य उम्मेदवार गिरी आज बिहीबार ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय तुलसीपुरमा आर्शिबाद लिन पुग्नुभएको थियो । औपचारीक कार्यक्रमका बीचमा गीता दिदीले गिरीलाई आर्शिबाद दिनुभएको थियो ।

मुलुक र आम नागरिकलाई शान्ति र सतकर्ममा लाग्न प्रणेना जगाउने गरि मुलुक सञ्चालन गरिनु पर्ने ब्रह्मकुमारी ईश्वरीय बिद्यालयको अनुरोध रहेको गीता दिदीले जानकारी गराउनुभएको थियो । आर्शिबाद लिदै प्रतिनीधि सभा सदस्यका उम्मेदवार गिरीले शान्ति र सतकर्म बिना मुलुक सही मार्ग अगाडी बढ्न नसक्ने बताउनुभयो ।

मानवको नैतिकवान शिक्षाको मानवको नैतिकवान शिक्षाको उज्यालोका ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालयले सञ्चालन गरेको अभियानको गिरीले प्रशंसा समेत गर्नुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्