बंगलाचुली डटकमको उद्धघाटन



सैघाली खबर,
घोराही ३० कात्तिक

दाङमा आजदेखि बंगलाचुली डटकम अनलाईन पत्रिका सुरु भएको छ । चौथो अंग मिडिया गु्रपले अनलाइन पत्रिका सञ्चालनमा ल्याएको हो । बंगलाचुली डटकमको उपप्रधानमन्त्री कृष्णबहादुर महराले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।
चौथो अगं मिडीया ग्रुप द्धारा सञ्चालीत वगलाचुली डटकमको उद्धघाटन गदै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्यका उम्मेद्धार कृष्णबहादुर महराले अनलाइन मिडियाहरुलाई विश्वसनिय र प्रभाबकारी बनाउन सन्पुर्ण मिडीयाकर्मिहरु एकजुट हुनुपर्ने जोड दिनु भयो।
जनताको आवाज सुन्ने ,गाउका बिकासका मुद्धाहरु उठाउने खालको अनलाइन बन्न सक्नु पर्नेमा जोड दिनु भयो।

यस मिडीयाले सम्पुर्ण क्षेत्रलाइ समेठेर समान ढङगं बाट अगाडी जानु पर्नै बताउनु भयो।

यस्तै कार्यक्रमका बिश्ष्ठि अतिथी साथै नेपाल पत्रकार महासघका केन्द्रिय सचिब उदय जि एम ले पत्रकारीता एउटा फलामको चिउरा रहेको र यस पेशा एकदम चुनौती पुर्ण रहेको पनि बताउनु भयो।त्यसकारण यो क्षेत्रमा टिम बनाएर अगाडी बढ्नु पर्नेै कुरामा समेत जोड दिनु भयो।
छिटो छरीतो साचो र प्रभाबकारी रुपमा समाचार सम्प्रेशन गर्नै ठाउ बनोस सबैका आवाजहरु आउन सकोस उहाले भन्नु भयो।

यस्तै कार्यक्रममा बोल्दै पत्रकार महासघंका निर्बतमान अध्यक्ष सुदिप गौतमलेअनलाई मिडीया अहिले खोल्न जति सजिलो छ तर यसलाइ चलाउन एकदम चसनौती पुर्ण रहेको बताउनु भयो। अनलाइन मियीया अहिले सम्म आउदा मनलाइन मियीया जस्तो भएको तर्कराख्नु भयो आफ्नो जे मन लाग्यो त्यही हुन्छ उहाले भन्नु भयो।

पत्रकारीतामा कुनै पार्टी बिशेषमा नगएर समान रुपमा काम गरी पत्रकार इमान्दारीता तर्फ जानु पर्ने बताउनु भयो। पत्रकार महासघका पुर्ब अध्यक्ष के एल पिडीतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघंका अध्यक्ष सबिन प्रियासन ,प्रेस सेन्टर दाङका केन्द्रिय सदस्य नरेन्द्र के सी लगाएतकाको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण बगलाचुली डटकमका कार्यकारी सम्पादक जिबन नेपालीले गर्नु भएको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्