देशभर मौसम बदली: दिनभर कस्तो रहला?



काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा पनि भएको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो देशको पूर्वी भूभागसहित मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै बाँकी भूभागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

पूर्वी पहाडी क्षेत्रका थोरै स्थान, पश्चिमी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशभरका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँही भेगको मौसम सामान्यतया सफा जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्