पर्यटन बर्ष २०२० मा पर्यटक आधा घटे ! टिम बनाएर काम हुँदै



काठमाण्डौ । चीनबाट नेपाल आउने पर्यटकमा कमी आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्य नयाँ पर्यटक बजार खोज्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ चीनबाट आउने पर्यटकको बिकल्पमा अन्य देशका बजार खोज्न सरकारले टिम नै गठन गरेर काम गरिरहेको बताए ।

चीनमा परेको समस्याले स्वयं चीन लगायत विश्वको अर्थतन्त्रलाई नै असर गरेको अवस्थामा नेपालको पर्यटन क्षेत्रमा असर पर्नु स्वभाविक भएको उनको भनाई छ । अहिले पर्यटक आउने वेमौसमी समय र चीनबाट नेपाल आउने पर्यटक घट्दा संख्यामा केही कमी आए पनि विस्तारै पर्यटन आगमन बढने प्रवक्ता तामाङले बताए ।

नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष अच्यूत गुरागाई चीनमा देखिएको कोरोना भाइरसको कारण पर्यटन आगमनमा कमी आएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्