होटलमा निगरानी बढेपछि फ्ल्याट नै भाडामा लिएर यौ न धन्दा, तीन जना प क्राउ



काठमाडौं । पूर्वी नाका काँकरभिट्टाका होटलहरुमा प्रहरीले निगरानी बढाएपछि फ्ल्याट नै भाडामा लिएर यौ न धन्दा सञ्चालन गर्न थालिएको छ ।मेचीनगर नगरपालिका–७, प्यारीभिट्टामा चार तले घर भाडामा लिएर यौ नजन्य गतिविधि चलाउने गरेको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार यसमा संलग्न तीन जना पक्रा उ परेका छन् ।प क्राउ पर्नेमा मेचीनगर–६ का ४८ वर्षीय सूर्य भनिने श्यामप्रसाद शिवकोटी, ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मोरङ घर भइ मेचीनगर बस्दै आएका ४४ वर्षीय तुलसी कट्टेल छन् ।

कोइरालाका अनुसार यौ नजन्य गतिविधिविरुद्ध निगरानी बढाउने क्रममा इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको टोलीले २० र २१ वर्षकी दुई जना महिलालाई शं कास्पद अवस्थामा फेला पारेको थियो । सोधपुछका क्र ममा उनीहरुले आफ्नो घर भक्तपुर र मोरङ भएको बताएका थिए ।

उनीहरुमार्फत प्रहरी यौ नधन्दा सञ्चालन भइरहेको फ्ल्याटसम्म पुगेको जनाइएको छ । यो समूहले युवतीहरुलाई अन्य विभिन्न होटलमा पनि पठाउने गरेको पाइएको कोइराला बताउँछन् ।

युवतीहरुमाथि शारीरिक र मानसिक या तना पनि दिइने गरिएको प्रहरी दाबी छ । प क्राउ परेकाहरुमाथि मानव बे चबि खन तथा ओसारपसार ऐनअनुसार जिल्ला अदालत, झापाबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्