वर्षा सँगै पशुपति र भुपुको प्रस्तुतीले तात्यो जखेरा महोत्सव, आज नायक दिलिप राइमाझी आउदै (फोटो फिचर)



ओमप्रकाश गुप्ता,लमही । लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक पशुपति शर्मा र चर्चित गायक भुपु पाण्डेले शुक्रबार जखेरा मेला तताए । शिवरात्रीको अवसरमा जखेरा शिवालय धार्मिक तथा पर्यटन बिकास प्रतिष्ठान लमही नगरपालिका ३ जखेरातालले आयोजना गरेको चौथो जखेरा पर्यटन तथा सांस्कृतिक महोत्सबमा वर्षाका बाबजुद पनि गायक शर्मा,पाण्डे सहितका कलाकारहरूले निरन्तर रूपमा आ आफ्नो प्रस्तुतीले मञ्च तताएका थिए । पानी पर्दा छाता ओढेर भएपनि दर्शकहरूले कार्यक्रम अवलोकन गरेका थिए । बिच बिचमा आउने पानीले गायक पशुपति शर्मालाई मञ्चमै छाता ओढाउने बनाएको थियोे ।

पानी रोकिन कम भएपछि गायक पशुपति शर्माले मलाई अमेरिका नै एै ,झम झम पानी पर्यो,मेरो माया बसेको ठाउँमा बत्ती बाल्न पर्दैन लगायतका गित गाएर दर्शकलाई नचाएका थिए । भने आर्का गायक भुपु पाण्डेले एक्सप्ट गर जेपीटी मेरो वालमा ट्याग नगर” , वोल न बोल चम्पा’ ,पिरतीको छाता ओढौला,जन्मे मेरा चार भाई छोरा लगायतका गितमा दर्शकहरू उफ्रि उफ्रि नाच्नुका साथै हुटिङ समेत गरेका थिए ।

यसै गरि गायक गोपालजंग थापा,जमुना राना, गायक मोडेल विजय पुन,बाल कलाकार एन्जल सोमइमगर,अनुष्का आचार्यले दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । यसै बिच महोत्सबमा शनिबार आज नायक दिलिप रायमाझी आउने आयोजकले बताएको छ नायक रायमाझी सँगै राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुले आ आफ्नो प्रस्तुति राख्ने आयोजक संस्थाका महासचिब लोकमणि बञ्जाडेले जानकारी दिएका छन् । शुक्रबार दिनभरि जसो वर्षा भइरहेको कारण सोचे अनुसार दर्शकहरू नआए पनि सन्तोष जनक सहभागी रहेमो आयोजकले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्