“मानव बेचबिखन बिरुद्धको अभियानमा ८ बर्षको अनुभव छ” : जिल्ला संयोजक विश्वकर्मा



अजय मिश्र, गोरखा जिल्लामा न्युन परिवारमा जन्मिनु भएका केसर बिशकर्मा सानै देखी सामाजिक रुची भएको एक सरल स्वभाब र मिलनसार ब्य्यक्तित्व भएको पाईन्छ । सानै देखी नयाँ र सामाजिक कार्यमा रुची राख्ने उहाको बानीले वास्तव मै मानब बेचबिखनको अभियानमा लामो समय देखी आबद्ध हुँदै आउनु भएको छ ८ बर्षको अनुभव अत्यन्तै रोचक र महत्वपूर्ण रहेको छ । यसै सेरोफेरोमा रहेर गरिएका अनुभवहरु ।

१ मानब बेचबिखन भन्नाले के बुझिन्छ ?
मानब बेचबिख्न भन्नाले कुनै पनि ब्यक्तिले मानिसलाई एक ठाउबाट अर्को ठाउमा बेचबिखनको उदेश्यका साथ लगि बेचबिखन गर्नुलाई मानब बेचबिखन भनिन्छ चाहे यो आन्तरिक पनि हुन सक्छ बाह्य पनि हुन सक्छ । चाहे त्यो श्रम शोसण हुन सक्छ, यौन सोसण ,शरिर बन्दक वा कुनै अङ्ग बेचबिखन को उदेश्य नै किन नहोस ।

२ यस अभियनमा लामो समय आबद्ध हुनु भयो पहिले र अहिलेमा के फरक पाउनु भएको छ ?
सुरुमा महिला मात्र बेचबिखनमा पर्छन भन्ने मात्रा थियो जसमा चेलिबेटि बेचबिखन भनिन्थ्यो पछी यो बिस्तारि पुरुषहरुलाई पनि बिभिन्न प्रयोजनका लागि बेचबिखन भएका बिभिन्न तथ्यहरु बाहिरियो र मानब बेचबिखन भएको पाउदछौ । सुरुमा मैले बुज्दा भारतको बिशेष बम्बैमा महिलालाई लगेर बेचबिखन गर्नु हो भन्ने बुझाई थियो तर त्यसमा धेरै फरक रहेको छ अहिलेको सन्दर्भमा अहिले देश भित्रैका शहरहरुमा किन नहोस वा भारतका बिभिन्न शहर लगाएत त्यस्रो मुलुकमा समेत बेचबिखनमा परेका कयौ घटनाहरु बाहिरी रहेका छन यो अत्यन्त दुस्खद कुरा हो ।

३ कस्ता खालका ब्यक्तिहरु बढी बेचबिखनमा पर्दछन वा सम्भावना हुन्छ ?
मेरो ८ बर्षको यात्राामा मैले देखेको र साधारण बुज्दा पनि प्राय शिक्षा बाट बन्चित ब्याक्तिहरु जो जोखिम को बिषयमा जान्न सक्दैनन,बेरोजगारको चपेटामा परेकाहरु जहाँ रोजगार पाउने आसामा भौतारिदै गर्दा गलत ब्याक्तिहरुको पहुचमा पुग्दछन । कयौ ब्याक्तिहरु साहारा पाउने आसामा बिस्वासका कारण त्यो अवस्थामा पुग्दछन । सामान्य बुज्दा चेतना को कमी, अशिक्षा,गरिबी,सामाजिक अपहेलना भएका पर्दछन भने कयौ शिक्षित ब्यक्तिहरु पनि यसबाट अछुतो रहेका छैनन ।

४ तपाईंइले काम गर्दै गर्दा त्यस्ता उदाहरण दिनु पर्दा ?
मैले काम गर्दै गर्दा सयौ चेली हरु जो बेचबिखनको जोखिमबाट उद्धार गरिएको छ । जसमा कसलाई उदाहरण दिउ भन्ने म आँफै कन्फ्युज भएको छु। धेरै उद्धार गरिएका चेलीहरु जो आज आफन्त नेपालले सम्मानजनक जिबन जिउन सक्ने बनाएको छ । कयौ चेलीहरु जो साहारा बिहिन थिए बेचबिखनको सिकारमा थिए उनिहरुको जिबनमा आमुल परिवर्तन आएको छ । यहाँलाई भन्नु पर्दा म बिराटनगरमा रहदा, झापामा रहदा त्यस्ता चेलीहरुलाई उद्धार गरिएको थियो जसको अवस्था देख्दा र सुन्दा म धेरै पटक रोएको छु । १४ र १५ का साना किशोरिहरु बेचबिखनको कहाली लाग्दो पारीबेशबाट उद्धार गरी अहिले आफन्त नेपालको सम्रक्षणमा रही खुशी र समाजलाई नै सचेत बनाउन सक्ने भएको देख्दा गर्व लाग्छ । यही कपिलवस्तुमा रहदै गर्दा दाङ,प्युठान ,कपिलवस्तु लगाएतका धेरै चेलीहरुलाई उद्धार गरी दर्जनौ त्यस्ता ब्याक्तिहरुलाई कानुनी कठघारमा ल्याउन सफल भएका छौ। कयौ चेलीलाई सस्थाले नै सम्रक्ष्ण दीई उच्च शिक्षा दिएको छ । ति बैनिहरु देख्दा धेरै ठुलो काम गरेको अनुभब हुन्छ तर अझै गर्नु पर्ने धेरै छ ।

५ यस्तो काम गर्दा कत्तिको जोखिमा आउन सक्छ ?
जोखिम को त कुरा नगरौ यो आँफैमा सम्बेदनशिल कार्य हो खुशी के लाग्छ भने सत्यको बाटो हिड्दा कमजोर भैइदैन र राम्रो कामको लागि सबैको साथ सहयोग पाईन्छ र गलत ब्याक्तिको बिषयमा बिरोध गर्ने कमै हुन्छन जसले आफ्नो दिदी बैनी त्यो स्थानमा राख्न सकेका हुन्छन ।

६ स्थानीय प्रशासन तथा स्थानीय सरकारको सहयोग कस्तो पाउनु भएको छ ?
बास्तबमा यो काम राज्यकै लागि गरिएको अभियान भएको कारण स्थानीय प्रशासनले सहयोग नगर्ने कुरै छैन राम्रो सहयोग छ । स्थानिय सरकारले कृष्णनगरको हैसियतमा हेर्दा अत्यन्त राम्रो रहेको छ । सुरुदेखी महिला तथा बालबालिकाको क्षेत्रमा कृष्णनगर नगरपालिकाको सराहनिय भूमिका रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्