शान्तिनगर गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुने



लक्ष्मण बस्नेत, दाङ ।
शान्तिनगर गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । शान्तिनगर गाउँपालिका को आयोजना तथा बि.पि. कोईराला नमुना मा.बि.बयाले सिमतारा शान्तिनगर ३ को संयोजनमा यहि फागुन ७ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्ररछात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र र छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्ररछात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्ररछात्रा बिच कडा प्रतिस्पर्धा हुने बिधालयका शिक्षक तथा प्रतियोगिता अभिलेख ब्यबस्थापन उपसमितिका संयोजक खेम राज तिवारी ले जानकारी दिनु भएको छ ।
प्रतियोगितामा शान्तिनगर गाउँपालिका क्षेत्र का सामुदायिक तथा निजि गरि १० बिधालय को सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्ररछात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।

यसैबिच प्रतियोगिता को सयोजनको जिम्मा पाएको बि।पि। माबी बयाले सिमतारा ले रनिङ शिल्ड प्रतियोगिता को तयारी लाई तिब्र पारेको छ । बिधालयका प्रधानाध्यापक भागवत न्यौपाने सदस्य सचिव रहेको प्रतियोगिता मुल आयोजक समिती को मातहतमा रहने गरि विभिन्न उपसमिती गठन गरि आफ्नो तयारी लाई तिब्र पारिएको बिधालय ले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्