दोधारमा प्रेमी-प्रेमिका – मन परेको मायालाई तँ भन्ने कि हजुर ?



काठमाडौं । मन परेको मायालाई के भन्ने ? मेरो राजा, मेरो बाबा, मेरी रानी, बेबी, काले-काली आदि । यी त प्रेमले बोलाउने ‘बैकल्पिक नाम’ हुन् । सम्बोधन कसरी गर्ने त ? तँ, तिमी, तपाईं, हजुर वा त मौसुफ नै ? अँह प्रेमले बोलाए सबै शब्द प्रेमिल लाग्छन् । यस्तै भाव समेटिएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित लोक गायिका मेलिना राई र चर्चित गायक सुकदेव अधिकारीको स्वरमा रहेको गीत ‘के भनौं हजुर ?’ बोलको गीतको म्युजिक भिडियो सार्बनिक भएको हो ।

यो गीतको सूरुआतमा प्रेमीले सोध्छन् – ए मेरी रानीलाई के भनौं म हजुर ? प्रेमिकाको उत्तर आउँछ – ए म त हजुरकै रानी हुँ जे भन्नुस् हजुर । यसपछि गीत सुरु हुन्छ । गीतको मुख्य बोल भने ‘ओइ मेरी रानीलाई ! तँ भनि बोलाउ कि भनौं म हजुर ? छ ।

हुन त सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना छोराछोरी, श्रीमती र आफूभन्दा साना कसैलाई पनि तँ नभन्नु भनी नेता-कार्यकर्तालाई निर्देशन गरेको छ । तर यो गीतमा भने प्रेमले जे भन्दा पनि हुन्छ भन्ने स्वीकृति दिइएको छ ।

युवा समाजसेवी लोकेश खत्रीले लगानीमा बनेको म्युजिक भिडियो ‘के भनौं हजुर’ भावना म्यूजिक प्रालि सोलुसनको युट्युव च्यानलमार्फत सार्वजनिक छ ।

भिडियोमा नायिका आँचल शर्मा र विमल अधिकारीले अभिनय गरेका छन् । भिडियो निर्देशन काजी श्रेष्ठले गरेका हुन् ।

विमल अधिकारीकै लय-शब्दमा रहेको गीतमा गायिका मेलिना राई र सुकदेव अधिकारीको स्वर अत्यन्तै कर्णप्रिय सुनिएको छ ।

यसअघि सुकदेव र मेलिलीनाकै स्वर रहेको ‘कल्ले बोलायो’ गीतको म्युजिक भिडियो सार्वर्बजनिक भएको थियो । उक्त म्युजिक भिडियो निकै चर्चित बन्यो । त्यसकै सफलतापछि ‘के भनौं हजुर’ ल्याइएको निर्माण टिमले जनाएको छ ।

गीतको म्युजिक भिडियो

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्