बागलुङमा स्काभेटर दु र्घटना हुँदा सहचालक घा इते



बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा स्काभेटर दु र्घटना हुँदा सहचालक घा इते भएका छन् ।

दमेकको बुढिखर्कदेखि देउरालीखानी जाने सडकमा शनिबार बिहान स्काभेटर दु र्घटना हुँदा सहचालक १७ बर्षीय सागर मगर घा इते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मगरलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइदै गरेको जिप्रका बागलुङले जनायो । स्काभेटरको ड्राइभर शिवरात्री मनाउन घर गएको र अहिले सम्पर्क बिहिन भएकाले के कारणले दु र्घटना भयो भन्ने बारेमा जानकारी प्राप्त नभएको जिप्रका बागलुङले जनाएको छ ।

स्काभेटर सडकबाट करिव ३ सय मिटर तल जंगलमा खसेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्