लोकतन्त्रले मात्र दिगो बिकास ल्याउछ काँग्रेस नेता



सैघाली खबर
दाङ , ३० कार्तिक ।लोकतन्त्रले मात्र देशमा शान्ति, दिगो विकास र आर्थिक समृद्धिको गर्ने कांग्रेस नेताहरुले बताएका छन् । दाङ क्षेत्र नं. २ को चुनावी प्रचार प्रसारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ७ अर्थात साबिक सौडियार गाविसका विभिन्न स्थानमा आयोजना गरेको सभाहरुमा बोल्ने कांग्रेसका नेताहरुले कांग्रेसले जितेमात्र शान्त, दिगोविकास र आर्थिक समृद्धि हुने बताएका छन् । कार्यक्रममा बोल्दै कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी भएमा देशमा शान्ति कायम हुने बताउनुभयो । शान्ति भएपछि दियो विकास हुने एवं दिगोविकास भएमा मात्र आर्थिक समृद्धि आउने बताउनुभयो । उहाँले जनतालाई सधै शक्तीशाली बनाउने पार्टि कांग्रेस भएको खड्काले दाबी गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार राजु खनालले दाङको विकासको नेतृत्व काग्रेुसले गरेको बताए । विकट ग्रामीण क्षेत्रसम्म नेपाली काग्रेसकै पहलमा सडक, विद्युत, शिक्षा,स्वास्थ्यलगायत कृषिको विकास लागि सिचाईको व्यवस्था काग्रेसले गरेको बताएका छन ।

क्षेत्र नम्बर १
नेपाली काङ्ग्रेस क्षेत्र न ! ले आज पनि घरदैलो अभियानलाई तिब्रता दिएको छ . यसै क्रममा प्रदेस सभा ख का उम्मेदवार जानकी लाल बस्नेत ले लमही न.पा वडा न ३ को बनगाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्नृका साथै मतदाताहरुको दैलोमै पुगेर मत मागेका छन । उनले लोकतन्त्र परास्त गर्नलाई गरिएको बामगठ बन्धन कुनै पनि हालतमा सफल नहुने वताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्