दाङमा आजदेखि प्रदेश एक्स्पो सुरु



दोस्रो स्थापना दिवसको अवसरमा प्रदेश नम्बर ५ सरकारको आयोजनामा शनिबारदेखि दाङको तुलसिपुर उप–महानगरपालिकास्थित बेलझुल्डीमा प्रदेश एक्स्पो सुरु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीका अनुसार एक्स्पो शनिबारदेखि सोमबारसम्म चल्ने छ । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित एक्स्पोको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरेका हुन् ।

पाल्पाको लाखे नाच, प्युठानको डल्ले सराँय, बर्दियाको थारु मयुर नाच, रोल्पाको लहरे पैसरी नाच, रुकुम पूर्वको लोपन्मुख ढोङ्गे नाच, गढवा र राजपुर गाउँपालिकाले अवधि संस्कृति नाचसहितको झाँकी प्रदर्शन गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीले विशेष प्रस्तुति प्रदर्शन गरेका थिए । बिहान ६ बजेदेखि ८ बजेसम्म योग गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्