काग्रेसको अस्तित्व सकिदै छ महरा




सैघाली खबर

दाङ , ३० कार्तिक । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका लागि बाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महराले कांग्रेसको भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ । प्रतिस्पर्धीलाई खराब देखाएर आफू राम्रो देखिन खोज्ने संस्कारमा कांग्रेस हुर्किएको भन्दै महराले सचेत रहन मतदाताहरुलाई आग्रह गर्नुभएको हो । घोराही उपमहानगरपालिका ६ चैनपुरमा र ढिकपुरको एकलघरुवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री समेत रहनुभएका महराले बाम गठबन्धनबाट बन्ने अबको सरकार दिगो र संबृद्धिको मार्गलाई केन्द्रमा राखेर अघि बढ्ने भन्दै कांग्रेसको भ्रममा नपर्न आग्रह गर्नुभयो ।

बाम गठबन्धनलाई अप्राकृतिक र अधिनायकबाद देख्ने कांग्रेसले आफुलाई नसुधारले अस्तित्व सकिदै जाने चेतावनी दिनुभयो । चुनावी तालमेलमा मात्रै बाम गठबन्धन सिमित नहुने भन्दै उहाँले चुनाव पछि एउटै कम्युनिष्ट पार्टी बन्ने समेत ठोकुवा गर्नुभयो । अहिले एमाले र माओबादी केन्द्रको गहिरो लभ परेको छ उहाँले भन्नुभयो,— एमाले र माओबादी बिच लभ परेको अब चुनाब पछि बिहे गर्छौ र एउटै घरमा बसेर सबैलाई अधिकार र संबृद्धिको मार्गमा अघि बढाउछौ । हामी धेरै अघि बढिसेका छौ र आत्मीयता पनि बढेको छ उहाँले भन्नुभयो, मलाई माओबादी भन्दा एमालेका साथीहरु प्रति धेरै माया लाग्ने गरेको छ ।

अब हामी एक भएर अघि बढ्दौ र तपाईहरुको अधिकारलाई सुनिश्चित गर्छौ भोट दिनुस । नेपाली कांग्रेस आफुहरुको एकतालाई देखेर तर्सिएको टिप्पणि गर्दै उहाँले अबको देश बनाउने र नागरिकहरुलाई सेवा, सुबिधा तथा अधिकार सम्पन्न बनाउने जिम्मेवारी बाम गठबन्धनकै भएको जिकिर पनि गर्नुभयो । एक बर्ष टिक्न नसक्ने सरकारका कारण बिकास निर्माणहरु रोकिएको र सम्भाबनाहरु अलपत्र परेको भन्दै उहाँले अब पहिचानमा आधारित र आबस्यकतामा केन्द्रित बिकास गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।मंसिर २१ गतेलाई ऐतिहासीक दिनकारुपमा व्याख्या गर्दै नेता महराले जनताहरुलाई ख्याल गरेर मात्रै भोट हाल्न सुझाब दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्