दाङमा उन्नत जातका केराका बिरुवा उत्पादन हुदै




दिपक बोहरा,

दाङ ,  १ मंसिर  । दाङमा टिस्युकल्चर प्रबिधिबाट उन्नत जातको केराका बेर्ना उत्पादन गरिने भएको छ । केराको उत्पादन बढाउनुका साथै रोगबाट बचाउन दाङमै पहिलो पटक टिस्युकल्चर प्रबिधि (ल्याब )बाट केराका बेर्ना उत्पादन गर्न थालिएको हो । केरा उत्पादनका लागि उपयुक्त मानिने दाङमा कृषि बिकास मन्त्रालय अन्तरगत मझौला कृषक आयस्तर बृद्धि आयोजनाको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका १३ फुलबारीबाट उक्त प्रबिधि प्रयोग गरी उत्पादन गरिएका केराका बेर्ना उत्पादन गर्न थालिएको जिल्ला कृषि बिकास कार्यालय दाङले जानकारी दिएको छ । लाईभ साईन्स कलेज तुलसीपुरद्धारा सञ्चालित सूर्योदय बहुउदेश्यीय कृषि फर्मले एक करोड २६ लाख ८७ हजार चार सय १५ रुपैयाँ लगानीमा ल्याबबाट तन्तु प्रजनन् गरेर केराका बेर्ना उत्पादन गर्ने तयारी थालेको जिल्ला कृषि बिकास कार्यालय दाङका बागबाणी अधिकृत धनराज गौतमले जानकारी दिए ।प्रबिधि प्रयोग गरी केराका बर्ना उत्पादन गर्न करिब तीन कठ्ठा क्षेत्रफलमा नर्सरी बनाईएको छ ।

उक्त नर्सरी बाट दाङमै हजौरौ केराका बेर्नाहरु उत्पादन गर्न सकिने उहाको भनाई छ । टिस्युकल्चर प्रबिधि प्रयोग गरी ‘जी ९ विलियम हाईब्रेड’ नामक उन्नत जातका केराका बेर्ना उत्पादन गर्ने तयारी रहेको बागबाणी अधिृृकृत गौतमले बताउनुभयो । प्रबिधि प्रयोगमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको फर्मका सल्लाहकार मनोज बस्नेतले जानकारी दिनुभयो । त्यस्को ८० प्रतिसत काम पुरा गरिसकेका छौं ’ उहाँ भन्नुभयो । ‘ ०७५ साल असार देखी दाङमै उक्त प्रबिधिबाट उत्पादन गरिएका केराका बर्ना उपलब्ध गराउने तयारी गरेका छौं ।

ल्याबबाट उत्पादन गरिएका केराका बेर्ना दाङमा उपलब्ध नहुँदा जे पायो त्यही लगाउने र बिभिन्न रोगले केराको उत्पादन उल्लेख्य मात्रामा हुन नसकेको बागबाणी अधिकृत गौतमले बताए । दाङमा टिस्यूकल्चर प्रबिधिबाट उत्पादन गरिएका केराका बेर्नाको माग धेरै हुने गरेपनि उपलब्ध नहुँदा समस्या हुने गरेको उनको भनाई थियो । दाङमा उक्त प्रबिधिबाट उत्पादन गरिएका केराका बेर्ना उपलब्ध भएपछि यहाँका किसानहरुलाई सहज हुने बागबाणी अधिकृत गौतमको भनाई छ । ‘ उक्त प्रबिधि प्रयोग गरी तयार पारिएका बेर्ना उपलब्ध गराउनका लागि चितवन, काठमाडौ, भारतबाट जानुपर्ने बाध्यता रहेको थियो ’ उहाँले भन्नुभयो ‘ ती बेर्ना दाङमै उत्पादन हुने भएपछि यहाँका किसानहरुलाई सहज हुनेछ । ’ अहिले दाङमा ८५ प्रतिसत केराका बिरुवा बाहिरी जिल्लाबाट आउने गरेको समेत उनले बताए । साथै उक्त प्रबिधिबाट उत्पादित बेर्ना लगाएमा त्यसबाट ५ गुणाउत्पादनमा बृद्धि हुने उनको भनाई थियो । पछिल्लो समय कृषि पेशामा आकृषण घट्दै गईरहेको भन्दै उनले उक्त प्रबिधिबाट उत्पादन भएका केराका बिरुवा दाङमै पाईने भएपछि किसानहरुको पनि आर्कषण बढ्ने बताए । ‘ पछिल्लो समय कृषि पेशामा आर्कषण घट्दै गएको छ’ उनले भने ‘ प्रबिधि भित्रिएसंगै बहुबर्षिय रुपमा उत्पादन हुँने केराका खेती तर्फ किसानहरुको आर्कषण बढ्ने अपेक्षा लिईएको छ ।’ अहिले दाङमा ४ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती भईरहेको भन्दै प्रबिधि भित्रिएसंगै उल्लेख्य मात्रामा बढ्ने उनले बताउनुभयो । केराबाट प्रतिकठ्ठामा १५ हजार रुपैँया भन्दा बढि आम्दानी गर्न सकिने भन्दै केरा खेती ब्यबसायका लागि उत्तम रहेको पनि उहाँले बताउनु भयो ।

 

टिस्यूकल्चर प्रबिधि के हो ?

टिस्युकल्चर प्रविधी भनेको विशेष किसिमको ल्यावबाट तन्तु प्रजनन् गरेर विरुवा निकालिने प्रविधि हो । यो प्रविधीबाट रोग किरा नलाग्ने र उत्पादन पनि राम्रो हुने गर्छ । टिस्युकल्चर प्रविधीबाट उत्पादन भएका केराको बेर्नाले किसानहरुलाई व्यवसायीक बनाउन र जिल्लालाई उत्पादनमा आत्मनिर्भर बनाउन सहजहुने अपेक्षा गरिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्