बेलकामा एक दिने स्वास्थ्य सिविर सम्पन्न



उदयपुर । बेलकार बेलका नगरपालिका वडा नं ४ लालबजार स्थित बेलका बचत तथा ऋण सहकारी संस्थाले शनिबार फागुन १० गते १ दिने स्वास्थ्य सिविरको कार्यक्रम सम्पन्न गरेको छ। बिजयपुर हस्पिटल सुनसरीको प्राबिधीक सहयोगमा ६सय ३जना सेवा ग्राहीले स्वास्थ्य सेवा लिएको आयोजक समितीका उपाध्यक्ष ढक बहादुर बिष्टले बताए।

पुर्ण निःशुल्क रुपमा स्वास्थ्य जा‘चका साथै निःशुल्क औषधी समेत स्वास्थ्य सिविर स्थलबाटै बितरण गरिएको आयोजकले बताएको छ।बाल रोग,स्त्री रोग,हाड़ तथा नसा ,लगायत का रोगहरुको रोग बिशेषज्ञहरु मार्फÞत चेक जाँच गरिनुका साथै आकस्मिक २जना मुटु तथा प्रेसरका विरामीहरुलाई तत्काल सुबिधा युक्त अस्पतालमा रिफर गरिएको संस्थाका अध्यक्ष लोक बहादुर मगरले बताए।

स्वास्थ्य सिविर उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी बेलका वडा नं ४का वडाध्यक्ष दिपक दंगालले स्वास्थ्य सेवाको कार्य जनसेवा मध्येको पुन्य कार्य भएकोले आयोजक बेलका सहकारी र सहयोगी बिजयपुर हस्पिटललाई धन्यवाद दिनुका साथै आफ्नो वडामा स्वास्थ्य भवन बन्दै गरेको र आगामी असारबाट संचालनमा ल्याईने बताए।

नेकपा पार्टी सचिव गणेश बस्नेतले बेलका नगरपालिका र नेकपा नगर पार्टिले बेलका वाशीको स्वास्थ्य उपचारमा संबेदनसिल भएर सहयोग गरेको र कतिपय स्थानमा आफै पनि पुगेर सहयोग गरेको बताए। सचिव बस्नेतले नगरवासीको स्वास्थ्य सुधारका लागि निःशुल्क आयुर्वे्दिक औषधालय स्थापना गरि संचालन गरेको रस्वास्थ्य भवन निर्माणका कार्य द्रुत गतिमा गरिरहेको बताए।

बिजयपुर हस्पिटलका संचालक समितिका अध्यक्ष पंकज खतिवडाले अस्पतालले सर्ब सुलव तरिकाले विरामीको उपचार गर्ने र आवश्यकिय छुट समेत प्रदान गरिने जानकारी गराए। कार्यक्रममा जनजाति महासंघका अध्यक्ष ललित राई,नेका वडा सभापति पर्सुराम चौलागाई लगायतको उपस्थिति रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्