२४ वर्ष पछि अभियुक्त पक्राउ



घोराही । चोरी मुद्धामा संलग्न रहेको एक अभियुक्त लाई प्रहरीले २४ वर्ष पछि पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतको २०५० साल जेष्ठ २५ गते फैसलाले चोरी आरोपित ठहर गरी १ वषै कैद सजाय तोchaudariकिएका घोराही उप–महानगरपालिका १७ का जागिराम चौधरी लाई २४ वर्ष पछि पक्राउ गरिएको हो । लुकिछिपी घरमै वसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दाङ वाट खटिएको विशेष टोलीले चौधरी लाई आफ्नै घरमा वाट शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिएका छन । चौधरी लाई सजाय फैसलाका लागि अदालतमा पठाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्