छुट्टाछुट्टै सवारी दु’र्घटनामा परी ४ जनाको मृ’त्यु



काठमाडौं, तनहुँ, बाँके र धादिङमा भएका छुट्टाछुट्टै सवारी दु’र्घटनामा परी ४ जनाको मृ’त्यु भएको छ ।

काठमाडौं महानगरपालिका १६ बालाजुस्थित सडकमा बा.२ ज १४३० नम्बरको ट्याक्सी र बा.७८ प १४० नम्बरको मोटरसाइकल एकआपसमा ठ’क्कर खाई शनिबार राति दु’र्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङको मृ’त्यु भएको छ । दु’र्घटना ग’म्भीर घा’इते भएका निखिलको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा मृ’त्यु भएको हो । दु’र्घटना घा’इते भएका मोटरसाइकलमा सवार सोही ठाउँ घर भएका २२ वर्षीय रुपेश तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, ब्यास नगरपालिका १२ कमलबारीस्थित सडकमा ग.१ ख ९६१८ नम्बरको बसले शनिबार दिउँसो ठ’क्कर दिंदा ग’म्भीर घा’इते भएकी सोही नगरपालिका देउराली खानीगैरा बस्ने पैदलयात्री ५० वर्षीया बिष्णुमाया थापा घर्तिको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृ’त्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका ११ स्थित पासाङल्हामु सडकमा लु.३ त ५४३२ नम्बरको ट्याक्टरले शनिबार दिउँसो ठ’क्कर दिंदा ग’म्भीर घा’इते भएका सोही ठाउँ बस्ने ९० वर्षीय पैदलयात्री साबिर जसगडको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृ’त्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका ९ ज्यामिरेघाटस्थित सडकमा ना.५ ख ३७७७ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशुली नदी किनारमा खस्दा ट्रक चालक मकवानपुर भैसे बस्ने ४५ वर्षीय बिखे थोकरको मृ’त्यु भएको भएको छ । दु’र्घटनामा ग’म्भीर घा’इते भएका थोकरको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृ’त्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्