बक्सिङ प्रतियोगितामा भाग लिन नेपाली बक्सिङ टोली भारत प्रस्थान



सैघाली खबर
झापा ,१ मंसिर

आइवा युथ उमन विश्व च्याम्पिपनशिप बक्सिङ प्रतियोगितामा भाग लिन नेपाली बक्सिङ टोली भारत प्रस्थान गरेको छ। यही नोभेम्बर १९ देखि २६ तारिखसम्म भारतको गुहाटीमा आयोजना हुने विश्व च्याम्पिपनसिपमा भाग लिन ७ जनाको नेपाली राष्ट्रिय बक्सिङ टोली भारत प्रस्थान गरेको हो। उक्त प्रतियोगितामा नेपालसहित ४० देशका २ सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहने जनाइएको छ।

नेपालको प्रतिनिधित्व गर्दै टीम व्यवस्थापक पुस्करराज पन्त, प्रशिक्षक किशोरकुमार लिम्बू, नविन तण्डुकार र राष्ट्रिय खेलाडीहरु अस्मिता दुवान, सञ्जुमाया थिङ, कुसुम तामाङ र शिसम थापामगरको टोली भारत गएका हुन्। नेपाली टोलीलाई झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमका बीच काकँडभिट्टा नाकाबाट विदाइ गरेको छ। झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षता आयोजित कार्यक्रममा नेपाली टोलीलाई खादा तथा अविर लगाएर जितको शुभकामना दिर्दै विदाइ गरिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्