जिप दु–र्घटना हुँदा प्राधिकरणका ७ कर्मचारी घा–ईते



गुल्मिको गुल्मीदरबार गाउँपालिका २ जुभुङको आटुङ्गमा जिप दु–र्घटना हुँदा सात जना घा–इते भएका छन् । जोहाङ्गको खैरेनीतर्फ जाँदै गरेको लु १ च ६७०१ नम्बरको जिप दु–र्घटना हुँदा विद्युत प्राधिकरण गुल्मीमा कार्यरत ७ जना कर्मचारी घा–ईते भएका हुन् ।

आइतबार प्राधिकरणको टोली जोहाङ्ग खैरेनीको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतको लागि हिडेको प्राधिकरणका प्रमुख नारायणप्रसाद अर्यालले बताए । तम्घासबाट जोहाङ्ग खैरेनीतर्फ जाँदै गरेको जिप सडकबाट झण्डै २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दु–र्घटनामा नेपाल विद्युत प्राधिकरणमा कार्यरत पदम थापा, गोविन्द रिजाल, लोकबहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवँर र शेरबहादुर सोमै घा–इते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए । घा–ईतेहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको प्रहरी नायव उपरीक्षक घलेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्