आफ्नोपना हराएको राजधानी काठमाण्डौँमा तपाईंहरू र म

छरछिमेक ‘ज्युदाको जन्ती र मर्दाको मलामी’ भन्ने कुरा उखानमा मात्र सिमित



दिपेश न्यौपाने
भौगोलिक दृष्टिकोणले बिकशित हाम्रो राजधानी शहर भनौं या त जुनसुकै शहरी इलाका जहाँ ७७ वटै जिल्लाका मान्छेहरु बस्छन तर पनि आत्मियता एकदम कम छ । यहाँ कोइ कसैका आफ्ना छैनन । एउटै घरमा बसोबास गर्ने ओल्लोपल्लो कोठामा बस्ने मानिसहरु बिच पनि राम्रो चिनजान छैन ।

एकअर्कासगँ दुख सुख बाड्ने त परको कुरा हो । साच्चै भन्नु पर्दा यहाँका मानिसहरुमा मानवता नै छैन । गाउँका मानिसहरुमा आफ्नोपन खै कहाँ छ यहाँ शहरी इलाकामा ? यहाँ त एउटै घरमा बसोबास गर्ने मान्छेहरुपनि ओल्लोपल्लो कोठामा एउटा मान्छे बिरामी हुदाँ अर्को कोठाको मान्छेले हस्पिटल लगिदिदैनन्, बेवास्ता गरिदिन्छन् । यहाँ बाक्लो बस्ती छ घरहरु नजिक छन तर पनि मान्छेहरु को मन एकदम टाढा छ । सगैं भएका दुई घरहरु बिचमा पनि एउटा घरमा मान्छे मरेर शुनशान छाइरहेको हुन्छ भने अर्को घरमा विवाह गरिरहेका हुन्छन ।

आखिर किन छ यस्तो समस्या शहरी क्षेत्रमा ? यहाँको ब्यस्त जिवनशैली पनि मुख्य कारण हो आफ्नोपन नहुनुमा ,मान्छेहरु आ आफ्नो कार्यशैलिमा यति व्यस्त छन कि कोहिलाइ कसैको खबर हुदैन !! यहाँ आफ्नै बाबुआमा मर्दा पनि मान्छेले अहिले काजकिरिया गरेर काम गरौला भन्ने स्थितिमा पुगिसके !! स्वार्थिपन यति बढेको छ कि मान्छेमा,मान्छेले पहिलो प्राथमिकता आफुलाइ नै दिन्छन ! र यहाँ एकअर्काको खबर कसैलाइ नहुनुको अर्को मुख्य कारण यहाको सेवा सुबिधाले पनि हो !!

राजधानिमा आफ्नोपन नहुनुको अर्को कारण इन्टरनेट पनि हो । झन यो सामाजिक सन्जालले मानिसलाई झन टाढा बनाइरहेको छ । खाना बनाइसकेपछी खान अर्को कोठामा भएको मान्छेलाई बोलाउन म्यासेज गर्छन । मान्छेहरु आजकल खुसिमा रमाउने र दुखमा उदाश हुने भन्दा नि फोटो खिचेर सामाजिक सन्जालमा हालिरहेका हुन्छन । छरछिमेक ‘ज्युदाको जन्ती र मर्दाको मलामी’ भन्ने कुरा उखानमा मात्र सिमित रहन पुगेको छ । ओल्लोघरमा मान्छे मर्दा पल्लो घरमा बिबहा गर्छन । उनिहरुलाई एक अर्काको कृयाकलापले कति फरक पर्दैन,बिवाह भएको घरमा पल्लो घरमा बजेको शङ्खले कुनै प्रभाव पार्दैन ।

यहाँ हरकोइ मान्छे आफ्नु स्वार्थको लागी नजिकिन्छन्, यदि कुनै काम छैन आफुलाइ कसैसगँ भने बोल्न नि पैसा तिर्नु पर्छ झैं गर्छन । आफ्नो स्वार्थ परिपुर्तिका लागी मानिसले जुनसुकै हद नागेको उदाहरण प्रशस्तै छन । यति भिडभाड भएको राजधानी शहर जहाँ मान्छेकै भिडभाड को कारण राम्रोसगँ हिड्न सकिदैन ,त्यहाँ नै मान्छेहरु एक्लोपनका कारण डिप्रेसनमा पुगेर सुसाइड समेत गरेका छन । अतिथी सत्कार , सानालाई माया र ठुलालाई सम्मान भन्ने कुरा कति छैन । सबैले आफैलाई ठुलो र आफु पृथक केहि सम्झिदैन । आफ्नोपन र माया नभएकै कारण हत्या हिंशा र बलत्कार जस्ता घटनाहरु दिनानुदिन बढिरहेकै छ । यदि मान्छेमा आफ्नोपन हुदों हो मानवता हुदों हो भने उसले पक्कै पनि अरुलाई चोट पुर्याउने काम गर्दैन थियो ।

काठमाडौं आएर पत्रकारिता गर्न थालेको पनि तिन बर्ष भन्दा बढी भै सक्दा लाखौं मान्छेहरु भेट भए तर पनि कोइ सगँ आत्मिय सम्बन्ध छैन । पत्रकारिताकै शिलशिलामा पनि दिनहुँ हजारौं मान्छेहरु सगँ भेट हुन्छ तर आफ्नो काम विषेशले, यहाँ आउँदा सगैं आएका साथिहरुसगँ आफ्नु कार्यव्यस्तताकै कारण भेटघाट हुन्न अथवा अझै भनौं को कहाँ छन र के गर्दैछन भन्ने कुराको जानकारी समेत हुदैन । कुनै चिया पसलमा चिया खान गयो भने पनि एउटै टेबलमा बसेका दुई मान्छेबिच कुराकानी हुदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्