मोतिलाल बहुमुखी क्याम्पस सुनवल १३ बडेराको १०औ बार्षिक उत्सव सम्पन्न



उर्मिला यादव, सुनवल/ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ मा अवस्थित मोतिलाल बहुमुखी क्याम्पसको १०औ बार्षिक उत्सव आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । मोतिलाल बहुमुखी क्याम्पस संचालक समितीका अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षता तथा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । क्याम्पस संचालक समितीका उपाध्यक्ष खुमानन्द न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रममा क्याम्पस प्रमुख बसन्त सुबेदीले क्याम्पसको शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा क्याम्पस संचालक समितीका सदस्य लेखनाथ खरेल, लेखा समिती संयोजक माधव पाण्डे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने क्याम्पसका बिद्यार्थीहरुले आ आफनो प्रतिभा प्रस्तुत गरेका थिए ।कार्यक्रममा क्याम्पस प्रमुख सुबेदीले मोतिलाल बहुमुखी क्याम्पस क्यु ए ए प्रोसेसमा रहेको समेत जानकारी दिनु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्