सैघाली खबर,चितवन, १ मंसिर । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताउनुभएको छ ।
चितवन क्षेत्र नं ३ को गीतानगर बजारमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको बताउनुभयो ।
अध्यक्ष दाहालले पहिलो संविधानसभाको निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौँबाट उम्मेदवारी दिएको तथा दोस्रो संविधानसभाको निर्वाचनमा मधेश र पहाड जोड्न सिराहा र काठमाडौँबाट उम्मेदवारी दिएको उल्लेख गर्दै राजनीतिक एजेण्डा सिद्धिएकाले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि भएको धारणा व्यक्त गर्नुभयो ।
बिपी र गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने भन्दै उहाँले काँग्रेसले गणतन्त्र विरोधी गतिविधिमा लाग्नेको समर्थन गर्नु दुवै शीर्ष नेताको अपमान गर्ने काम गरेको बताउनुभयो ।
अध्यक्ष दाहालले नेपाललाई विकासको गतिमा अगाडि बढाएर नयाँ इतिहास रच्ने बेला आएको छ भन्दै यसमा साथ दिन आम जनसमुदायलाई आग्रह गर्नुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।