कोरोना संक्रमण: दक्षिण कोरियामा ७ को मृत्यु, थप १६१ जना संक्रमित



काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण दक्षिण कोरियामा फैलिँदो क्रममा छ।यो भाइरसको संक्रमणबाट दक्षिण कोरियामा ७ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्यामा पनि वृद्धि भएको छ।

थप १६१ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। योसँगै संक्रमित हुनेको संख्या ७६३ पुगेको छ।भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि दक्षिण कोरियाले सतर्कता बढाएको छ। राष्ट्रपति मुन जाय–इनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘अभूतपूर्ण र शक्तिशाली कदम’मा जोड दिँदै देशैभर उच्च सतर्कता बढाइएको घोषणा गरेका छन्।

यो भाइरसका कारण चीनमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। सोमबार बिहानसम्‍म चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय ४२ जना पुगेको छ।

चीन बाहिर इरानमा ८, दक्षिण कोरियामा ७, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १, फिलिपिन्समा १ गरी २ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ। विश्वभर ७९ हजार १ सय ४० जना कोरोना भाइरसबाट संक्रमित बनेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्