कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा: ४० जना नेपालीको उडान स्थगित



काठमाडौं । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय दक्षिण कोरियामा समेत फैलन लागेपछि इपिएस मार्फत कोरिया जान लागेका ४० जना नेपालीको उडान तत्काललाई स्थगित गरिएको छ।

उनीहरू फागुन १८ गते नेपालबाट उड्ने तयारीमा थिए। कोरोनाको प्रकोप फैलिरहेको स्थानमा नेपालबाट हामीले पठाउन पनि भएन इपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालले भने,“यो अवस्थामा कोरियाबाट पनि नेपाली कामदार ल्याउनु हुदैन भन्ने छ।” उनले कोरोनाको प्रकोप घटेपछि भने नेपाली कामदार पठाइने जानकारी दिए। रोष्टरमा नाम आई कोरिया जाने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका थिए ,प्रमुख खनालले भने,“कोरियामा कोरोनाको सन्त्रास बढेपछि तत्काललाई कोरिया जाने मिति सारिएको हो।

” उनले केही दिन अघिसम्म कोरियामा कोरोनाको खासै प्रभाव नदेखिएकाले नेपालीहरुलाई सावधानी पूवर्क रहन सुझाव दिँदै कोरिया पठाउने तयारी गरिएको जानकारी पनि दिए।

कमाईको हिसाबले दक्षिण कोरिया आकर्षक गन्तव्यका रुपमा मानिएको भाषा परीक्षा उत्तीर्ण गरेर कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लाने गरेको छ। खाडी मुलुकमा कम पारिश्रमिकमा धेरै काम गर्नुपर्ने वाध्यता भन्दा कोरियामा श्रम अनुसारको पारिश्रमिक राम्रो हुने भएकाले कोरिया नेपाली कामदारको पहिलो रोजाईमा पर्दै आएको छ।

कोरियामा अहिले करिब ४४ हजार नेपाली कामदारहरु रहेकाछन्। ती मध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेका हुन् भने बाँकी अन्य प्रक्रियामार्फत कोरिया पुगेका हुन्। इपिएस शाखा प्रमुख खनालले अर्को मिति प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी पनि दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्