प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने ६ जना पक्राउ



प्रधानमन्त्री केपी ओलीलाई कालो झन्डा देखाउने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालोझन्डा देखाउन तयारी अवस्थामा रहेका उनीहरुलाई पोखरा एयरपोर्ट नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा समाजवादी निकट विद्यार्थी नेत्र चापागाईंसहित ४ जना र २ जना नेविसंघ समर्थित छन् । प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आएका हुन् ।

जन्म दिन मनाउन आइतबार गृहजिल्ला तेह्रथुमको आठराई पुगेका प्रधानमन्त्री ओली सोमबार बिहान पोखरा आएका हुन् । आजै बिहान ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्